कोरोना भाइरस रोकथामको विषयमा मुख्य सचिव र सचिवहरुको बैठक जारी

चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरस रोकथाम तथा नियन्‍त्रणका उपाय खोज्‍न र चीनबाट उद्धर गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्ने स्थान र त्यसको सुरक्षाका बारे छलफल गर्न सरकारका मुख्य सचिव, विभिन्‍न मन्‍त्रालयका सचिवहरु तथा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसिरहेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बिहान ११ बैठक सुरु भएको हो। बैठकमा बैठकमा स्वस्थ्य सचिव खगराज बराल, गृहसचिव महेश्‍वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, उपरथी प्रभुराम शर्मा लगायतको सहभागिता रहेको मन्‍त्रिपरिषद् कार्यालयले जनाएको छ।

सरकारले चीनबाट नेपाली ल्याएर क्‍वारेन्टाइन गर्ने तय गरे पनि अहिलेसम्म फर्काउन सकेको छैन । वुहानमा रहेका १ सय ८५ जनाले नेपाल फर्कन इच्छा देखाउँदै बेइजिङस्थित नेपाली दूतावसमा आवेदन दिएका छन्।

कोरोना भाइरसका कारण चीन, अमेरिका र जापानमा गरी ८ सय १३ जनाको ज्यान गइसकेको छ। विश्‍वभर कम्तीमा ३७ हजार ५ सय ५२ संक्रमित छन्।
यो पनि हेरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *