चमेरो र बिरालोबाट कोरोना भाइरस सरेको पुष्टी, सावधानी अपनाउन अनुरोध !

मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट नयाँ कोरोनाभाइरसको स ङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेका छन्। उक्त भाइरस झन्डै १७,००० हजार मानिसमा सरेको र त्यसका कारण ३६१ जनाको निधन भएको पुष्टि भइसकेको छ। त्यो बजारमा सर्प, दुम्सीआदि जीवलाई पिँजडामा राखेर खाना वा औ षधिको रूपमा प्रयोग गर्न बेच्ने गरिन्थ्यो।

तर त्यस क्षेत्रमा पशुस्वास्थ्यको जाँच सुरु भएसँगै त्यो क्रम रोकिएको छ। चीन वैध र अ वैध वन्यजन्तुजन्य उत्पादनका लागि सबैभन्दा ठूलो उपभोक्ता हो। विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार चमेराहरू कोरोना भा इरसका मुख्य स्रोत हुन सक्छन्।

तर मानिसमा सर्नुअघि त्यो भा इरस चमेराबाट अन्य जीवमा सरेको हुन सक्छ। तर त्यसको पहिचान भइसकेको छैन। चीनमा धेरै वन्यजन्तुका उत्पादनहरू स्वादका लागि खाने गरिन्छ। केहीलाई ‍औ षधिका रूपमा पनि प्रयोग गर्ने परम्परा रहेको छ।

चीनका कैयौँ स्थानमा रेस्टुराँहरूमा चमेराको मासुको सूप तथा बाघको अ ण्डको षको सूपजस्ता परिकार बेच्ने गरिन्छ। कतैकतै गोमन सर्प, भालुका पन्जाका परिकार र बाघको हाड हालिएका र क्सी पाइन्छ। साना बजारमा चाहिँ मुसा, बिराला र स ङ्कटमा परेका विभिन्न पक्षीका परिकार पाइन्छ।

चीनमा धेरै अध्ययन गरेका एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका एक अनुसन्धानकर्ता भन्छन्: ‘येवेई’ (अर्थात् चिनियाँ भाषामा जङ्गली स्वाद) शब्द चीनभरि नै चलनचल्तीमा रहेको छ। त्यसको सांस्कृतिक अर्थ साहस, कौतूहल र सम्मानको मिश्रण हुन्छ। वन्यजन्तुबाट बनाइएका परिकार खानाले नपुंसकता तथा बाथ रोग निको हुने चिनियाँ विश्वास रहिआएको छ।

कत्लालाई औ षधिको रूपमा प्रयोग गरिने सालकको माग बढेपछि त्यो जनावर चीनबाट लोप भइसकेको छ। अरू देशहरूमा पनि सालकको चोरीसिकार बढेको छ। गैँडाको सिङलाई चिनियाँ ‌औ षधिमा प्रयोग गरिएकाले त्यो वन्यजीव पनि सङ्कटग्रस्त भइसकेको छ। मानिसमा हुने नयाँनयाँ स ङ्क्रमण वन्यजन्तुबाटै सर्ने गरेको बताइन्छ।

अहिलेको स ङ्क्रमणले फेरि चीनको वन्यजन्तु व्यापारतर्फ संसारको ध्यान खिचिदिएको छ। अहिले चीनले वन्यजन्तुको व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको बेला संरक्षणकर्मीहरूले त्यसलाई स्थायी प्रतिबन्धमा बदल्न दबाव दिइरहेका छन्। विज्ञहरूका अनुसार त्यो निकै चुनौतीपूर्छ हुनेछ।

सा र्स र मे र्सजस्ता भा इरस पनि चमेराबाट सिभेट बिरालो र उँट हुँदै मानिसमा सरेको बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनको पोषण तथा खाद्यसुरक्षा विभागका डा. बेन एम्बरेक भन्छन्, “हामी यसअघि कहिल्यै सम्पर्कमा नआएका वन्यजन्तु र तिनको वासस्थानसँगको सम्पर्कमा आइरहेका छौँ। त्यसैले नयाँनयाँ भा इरस, ब्याक्टेरिया र परजीवीसँग सम्बन्धित रोगहरू देखा परेका छन्।”

हालैको एक अध्ययनअनुसार विश्वका ३२,००० हाड भएका जीवमध्ये २० प्रतिशत वैध वा अवैध रूपमा किनबेच गर्ने गरिएको छ। विश्वमा झन्डै २० अर्ब डलर बराबरको वन्यजन्तुको अवैध व्यापार हुने गरेको छ।

विश्व वन्यजन्तु कोषले एउटा वक्तव्यमा भनेको छ, “स ङ्कटमा परेका जीवजन्तु वा तिनका अ ङ्गलाई घरपालुवा, खाना वा औ षधिको रूपमा भइरहेका प्रयोग अन्त्य गर्नको लागि यो स्वास्थ्यस ङ्कटले ख तराको घण्टीको काम गर्नुपर्छ।” तर चिनियाँ सरकारले वन्यजन्तु व्यापारमा लगाइएको अहिलेको प्रतिबन्ध अस्थायी प्रकृतिको हुने बताइसकेको छ।

सन् २००२ को सार्स स ङ्क्रमणको बेला पनि चीनले यस्तै अस्थायी प्रतिबन्ध लगाएको थियो। आगामी सेप्टेम्बर महिनामा बेइजिङले जैविक विविधता महासन्धिबारे एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। हालै प्रकाशित एउटा अन्तर्देशीय प्रतिवेदनका अनुसार अहिले झन्डै १० लाख प्रजातिहरू लोप हुने जोखिममा छन्।

यस्तो सङ्कट यसअघि कहिल्यै आएको थिएन। पछिल्लो कोरोनाभाइरस स ङ्क्रमणपछि पनि चीनका सरकारनियन्त्रित सञ्चारमाध्यमका सम्पादकीयहरूले देशका अनियन्त्रित वन्यजन्तु बजारको आलोचना गरेका छन्।

लन्डनस्थित वातावरण अनुसन्धान संस्थाकी डेबी ब्याङ्क्स भन्छिन्, “हामी यसलाई परम्परागत चिनियाँ औ षधिका लागि वन्यजन्तु पालन, उत्पादन र प्रयोग अन्त्य गर्ने अवसरको रूपमा लिन सक्छौँ।”

तर विज्ञहरू वन्यजन्तु संरक्षणको प्रयास चीनमा मात्र सीमित नगरेर विश्वव्यापी बनाउनुपर्नेमा जोड दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *