सातौँ ‘राष्ट्रिय रापती म्युजिक अवार्ड २०७५’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण कार्यक्रम सम्न्पन्न

सातौं राष्ट्रिय रापती म्युजिक अवार्ड -२०७५ को टप फाईभ नोमिनेसन एबम सम्मान कार्यक्रम भब्यताका साथ सप्पन्न । रापती समाज काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हिजो सातौं राष्ट्रिय रापती म्युजिक अवार्ड- २०७५ को नोमिनेसन सार्बजनिक गरेको छ।रापती समाज काठमाडौंका अध्यक्ष प्रवीण कुमार रेग्मीको सभापतित्व एबम प्रतिनिधि सभा सदस्य एबम सचेतक मा. शान्ता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न ४६ विधामा टप फाईभलाई नोमिनेसनको प्रमाणपत्र दिइएको थियो। सस्थाका कोषाध्यक्ष एबम सातौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड संयोजक गोबिन्द मधुर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजद्वारा स्थापनाकालदेखि दिदै आएको नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार एबम राप्ती सास्कृतिक प्रतिभा पुरस्कार द्वारा तिनजनालाई सम्मान गरिएको थियो।जस अन्तर्गत नारायण पाण्डे दोहोरी प्रतिभा यसबर्ष महिला अन्तर्गत चर्चित दोहोरी गायिका ज्योती मगर लाई प्रदान गरिएको थियो भने पुरुष अन्तर्गत बिरेन्द्र बि. क. लाई प्रदान गरिएको थियो। तेस्तै राप्ती सास्कृतिक प्रतिभा पुरस्कारबाट यस बर्ष चर्चित एबम प्रतिभासाली बाध्यबाधक भुवन गन्दर्भलाई सम्मान गरिएको थियो। साथै कार्यक्रममा आजिबन सदस्य बन्नुभएका रुकुम निबासी अधिबक्ता आर.सि. गौतम एबम कलाकार देबेन्द्र क्षेत्रीलाई प्रमुख अतिथी चौधरीले आजिबन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा महिला अधिकारकर्मी मिना स्वर्णाकार,प्राज्ञ पबित्रा घर्ती ,समाजका सल्लाहकार गोपाल बस्नेत,सन्तोष श्रेष्ठ ,गीतकार लोकराज अधिकारी, कन्हैया सिंह , शिक्षासेवी अरुण कुमार भन्डारी ,सल्यान सरोकारका सदिक्ष्या मगर ,कर्णाली च्याम्बर अफ कमर्शका महासचिव प्रकाश ओलि लगायतका अतिथीहरुको उपस्थिति थियो।सयौंको संख्यामा उपस्थित कलाकारहरुको माझमा प्रमुख अतिथि चौधरीले आफ्नो संघर्षका कुराहरु साट्नुभयो र सबै कलाकारलाई हौसला प्रदान गर्दै अगाडि भन्नुभयो कलाकार राष्ट्रका गहना हुन , म सम्सदमा कलाकारका पक्षमा बोल्नेछु, साथै उहाले आफू पनि साहित्यमा रुचि राख्ने र यसपाली देखि त झन गीतकारको रुपमा पनि आफू आउन थालेको खुलासा गर्नुभयो। आगामी अशोज महिनामा हुने अवार्डमा सबैले आफ्नो तर्फबाट सहयोग गर्न आह्वान गर्दै सस्थाका अध्यक्ष रेग्मीले कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो।कार्यक्रमको सहजीकरण सस्थाका महासचिव रामु खड्काले गर्नुभएको थियो ।
No photo description available.
No photo description available.
No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *