नवराज, खेम, रविन र रीनाको दरिलो सहकार्य पान पाते ठुलि सार्वजनिक…

नेपाली लोकदोहोरी को इतिहास मा आज सम्मकै धेरै दर्शक बनाउन सफल नवराज पन्तको कलम निकै तिखो छ भन्ने कुरा त उन्का लोकप्रिय सिर्जना बाटै सबैलाई प्रष्ट हुन्छ । आफ्नो लेखन कलाको फेरि नयाँ प्रमाण पेश गरेका छन् नयाँ तीज गीत पानपाते ठूली बाट ।

निकै उत्कृष्ठ विषय र सोही अनुसारको लय समेत रहेको सो गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । गीतमा पुरानो माया भेट हुँदाको कुरा उठाइएको छ जसमा श्रीमान गुमाएकी पुरानो प्रेमीका हुन्छिन् ।

गीतमा नवराज का शब्दलाई निकै न्यान हुने लय सर्जक खेम पुनले गरेका छन् । गीतमा रिना केसी र रबिन लामिछानेको आवाज सुन्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो को पक्ष पनि निकै दमदार रहेको छ । गीतमा प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुले निर्देश को कुशल भूमिका निभाएका छन् भने प्रकाश सपुत,जुना सुन्दास,निक्स शर्मा र जुना गुरुङ को अभिनय रहेको छ ।

गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *