कला लम्सालको पातली…

महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा गायिका कला लम्सालले ‘पातली’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् । शिव हमालको शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ । भिडियोमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । उनीहरुलाई तीज गीतको नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *