शितल शर्माको तीज गीत चौतारी सार्वजनिक

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा सञ्चारकर्मी, उद्घोषक एवं गायिका शितल शर्माको तीजगीत यतिबेला बजारमा आएको छ।

गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी पारिएको ‘चौतारी’ बोलको गीत बजारमा आएको हो।

गायिका शर्माले गत वर्ष ‘महारानी’ बोलको तीजगीत ल्याएकी थिइन। यो वर्ष पनि उनले नारीहरूको महान चाँड हरीतालिका तिजको अवसर पारेर आज मात्रै गीत बजारमा पठाएको बताएकी छन्।

शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा नीरु खड्का, किशोर निरौला, दिभाषा शर्मालगायतको अभिनय देख्न सकिन्छ। मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *