सातौं राष्ट्रिय रापती म्युजिक अवार्डको आवेदन खुल्ला…असोज ४ गते कार्यक्रम ।

रापती समाज काठमाडौंको गत शनिबार बसेको कार्यसमितिको बैठकले सातौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७५ आगामी असोज ४ गते सनिवार गर्ने निर्णय गरेको छ।उक्त अवार्ड कार्यक्रमका लागि संयोजकको रुपमा सस्थाका कोषाध्यक्ष गोबिन्द मधुर आचार्य चयन भएका छन भने सह-संयोजकमा सस्थाका सदस्य तिलक परियार रहेका छन।अन्य सदस्यहरुमा सुस्मा सिंह र मधु रेग्मी रहेको सस्थाका महासचिव रामु खड्काले जानकारी दिए। सस्थाका अध्यक्ष प्रवीण कुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५० विधाका लागि आबेदन खुला गरेको जानकारी दिएको छ जस अन्तर्गत एल्बम वा गीत २०७४ माघ देखि २०७५ चैत्र सम्म प्रकाशित भएको हुनेपर्नेछ भने आबेदन शुल्क प्रति विधा रू १००० हुनेछ भने प्रति एल्बम रू ५००० हुने जानकारी कार्यक्रम संयोजक आचार्यले जानकारी दिए।यसै गरि निर्णय छनोट एस.एम.एस लाई ४०%,निर्णायक ५०% एबम आयोजक १०% गरि गरिनेछ । आबेदन फाराम आजैदेखि असार मसान्तसम्म उपलब्ध हुने जानकारी सस्थाका अध्यक्ष रेग्मीले जानकारी दिए।साथै अध्यक्ष रेग्मीले यस कार्यक्रमलाई सफल बनाउन बिज्ञापनदाता,पत्रकार , कलाकार ,एबम अन्य सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *