रामजी र काजलको “लौरी झै”

गायक रामजी खाँड र काजल गुरुङको स्वरमा लोकदोहोरी गीत (लौरी झैं ) सार्वजनिक भएको छ । बरिस्ठ सर्जक शिव हमालले लेखेका उक्त गीतमा गायक स्वयम् खाँडले नै संगीत भरेका हुन् । गीतको म्युजिक भिडियो निकैनै मेहनतका साथ रमणीय ठाउँमा खिचेको पाइन्छ , भिडियोलाई करण चैसरले खिचेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका छन् ।

पछिल्लो समय लोकदोहोरी गीतले सांगीतिक बजारमा तहल्का नै मच्चाइरहेको छ, भन्दा फरक नपर्ला ‘किनकि’ दिन दिनै उत्कृष्ट गीतहरु क्रमशः बजारमा आइरहेको बेला । बरिस्ठ सर्जक शिव हमालको सृजनाले बजारमा दर्शक स्रोताको मन जित्न सक्ने सजिलै अनुुुुमान लगाउन सकिन्छ ।

उक्त गीतको भिडियोमा गायक रामजी खाँड र रेणु लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गायक खाँडले आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको उक्त गीतको भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *