नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको अभिनित चलचित्र ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक

प्रजिना भण्डारी
काठमाण्डौ,चैत । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको अभिनित चलचित्र ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र लभ स्टेसनको दोस्रो गीत “मेरो आगनिमा” बोलको गीतमा सुरेन्द्र लामाको स्वर रहेको छ ।यस गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ ।गीतको शब्द उज्वल घिमिरेको लेखेका हुन् ।यस गीतमा प्रदिप खड्का, नायिका जसिता गुरुङ रमेश बुढाथोकी,सिरु बिष्ट ,प्रिया रिजाल लगायतकाकलाकारको मुख्य भूमिका छ ।जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र कमेडीलाई स्थान दिएको छ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यस चलचित्रमा गोविन्द शाही, काफिया शाही र कविरविक्रम शाहीको लगानी छ । सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन छ ।चलचित्रको गीत सार्वजनिक भएसँगै यसलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *