प्रदिप र जसिताको प्रेम र रोमान्सले भरिपुर्ण भएको चलचित्र लभ स्टेसनको ट्रेलरले रेकर्ड तोड्यो

मिलन खत्री
काठमाण्डौ । प्रदिप र जसिताको प्रेम र रोमान्सले भरिपुर्ण भएको चलचित्र लभ स्टेसनको ट्रेलर निरन्तर ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिन अगाडि रिलिज भएको लभ स्टेसनको ट्रेलर ट्रन्डिङ नं १३ सम्म पर्न सफल भएको थियो तर अहिले भने तल्लो स्थानमा झरेर ट्रन्डिङ नं २६ मा पुगेको छ ।बूढा सुब्बाको आधिकारीक युटुब च्यानलबाट ट्रेलर सार्बजनिक भए लगत्तै चौतर्फी चर्चा रहेदै आएको चलचित्रले अहिले सम्मकै धेरै लाईक र कमेन्ट पाएको छ ।

करीब झन्डै १२ लाख ८० हजार भन्दा धेरै भ्युज गैसकेको छ भने ३४ हजारभन्दा धेरै लाईक र ११ सय डिसलाईक आएको छ ।६ हजारभन्दा धेरै कमेन्ट आएको छ जसमा ९५ प्रतिशत रामो् प्रतिक्रिया दर्शकरुले दिएका छन् र हलमा गएर यस चलचित्र हेर्न आतुर रहेको बताएका छन् ।चलचित्र लिलिबिलि हिट भएपछि प्रदिप र जसितको जोडी जम्दै आएको हो ।चकलेटी हिरोको रुपमा चिनिने प्रदिपको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।


कमेन्टमा नाराण केसी भन्नुहुन्छ प्रदिप आफ्नो मेहनतले गर्दा यो स्थान सम्म आउनु भएको हो ।हजुरको सधै उन्नति प्रगति होस हजुरलाई साथ दिने छौ भनेका छन् ।समग्रमा हेर्दा लभ स्टेसन चलचित्र मनप¥यो र प्रदिप र जसिताको तारिफ योग्य जनाएका छन् ।


यो ट्रेलर कम्तिमा ६० देखि ७० पटक हेरीसके सेयर गरेर मेघा स्टार प्रदिपलाई सहयोग गर्नुहोला ।यस्तो रमाईलो हुनुपर्छ ट्रेलर भनेको धेरै पछि रामो्र चलचित्र आएको छ हेर्नुहोला भनेका छन् ।

चलचित्रको ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र कमेडीलाई स्थान दिएको छ ।चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । हेर्नुहोस ट्रेलर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *