प्रेमगीत–३ मा प्रदीपको बा बन्दै राजेश हमाल, सम्भावना कति ?

मिलन खत्री

काठमाण्डौ,फाल्गुन २३ । नेपाली चलचित्र उद्योगका दुई चर्चित अभिनेता राजेश हमाल र प्रदीप खड्का एउटै चलचित्रमा देखिने सम्भाबना रहेको छ । पुरानो पुस्ताका चर्चित अभिनेता हमाल र पछिल्लो पुस्ताका सुपरस्टार प्रदीपलाई एउटै चलचित्रमा काम गराउन खोजिएको तर अन्तिम चरणमा भने नपुगेको स्रोतले जानकारी दिएको छ ।
आसुसेन फिल्मको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र प्रेमगीत–३ का लागी प्रदीप भने अनुबन्धित भएका छन् । हमालले भने कुनै सम्झौता नगरी यस चलचित्रमा ग्रिन सिंग्नल देखाएका छन् । हालै चलचित्रका निर्माता सन्तोष सेन, लेखक छेतेन गुरुङ, अभिनेता प्रदीपले अभिनेता हमाललाई भेटेर निर्माणको तयारीमा रहेको जानकारी दिएका छन् । ।चलचित्र निर्माण टिम अहिले चलचित्रको स्कृप्टको काममा ब्यस्त रहेको यस चलचित्रका निर्माता संतोष सेनले स्टार नेपाललाई जानकारी दिएका छन् । चलचित्रका लागी अहिलेसम्म कुनैपनि कलाकार फाइनल नभएको जवाफ दिएका छन् । निर्माता सन्तोष सेनले भने, ‘अहिले हामी स्कृप्टको काममा ब्यस्त छौं, कुनैपनि कलाकार फाइनल भएका छैनन् ।’अहिले स्कृप्टको काम तिब्र रुपमा भएकाले यकिन कलाकारहरुको निर्णय नभएको समेत स्पष्ट पार्नु भएको छ ।तर आउने दशैमा भने सुटिङको लागि पm्लोरमा जाने तयारी गरेको स्रोतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *