प्रदिप र जसिताको प्रेम र रोमान्सले भरिपुर्ण भएको चलचित्र लभ स्टेसनको ट्रेलर २४ घण्टा नपुग्दै ट्रेन्डिङमा

मिलन खत्री
काठमाण्डौ,फाल्गुन २२ । प्रदिप र जसिताको प्रेम र रोमान्सले भरिपुर्ण भएको चलचित्र लभ स्टेसनको ट्रेलर २४ घण्टा नपुग्दै ट्रेन्डिङमा आएको छ ।मंङगलबार करीब ३ बजे रिलिज भएको ट्रेलर २४ घण्टा नपुग्दै ट्रन्डिङमा आएको हो । बूढा सुब्बाको आधिकारीक युटुब च्यानलबाट ट्रेलर सार्बजनिक भए लगत्तै चौतर्फी चर्चा रहेको छ ।चलचित्र लिलिबिलि हिट भएपछि प्रदिप र जसितको जोडी जम्दै आएको हो ।चकलेटी हिरोको रुपमा चिनिने प्रदिपको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।चलचित्रको ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र कमेडीलाई स्थान दिएको छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।हेर्नुहोस ट्रेलर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *